३१ असोज विराटनगरः मोरङको रतुवामाई नगरपालिका ५ स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट खसेर मंगलबार एक मजदुरको मृत्यु भएको छ।

उर्लाबारीबाट रतुवामाईतर्फ आउँदै गरेको को १ त ८५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका मजदुर इलामको फाकथोकथुम गाउँपालिका ६ का १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशव कटुवालले बताए। कटुवालका अनुसार गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा श्रेष्ठको बाटोमै मृत्यु भएको हो।

ट्याक्टरलाई नियन्त्रणमा लिइएको र ट्याक्टरका चालक फरार रहेका कारण खोजी थालिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here