साजन परियार, पर्वत । जन्मदिन भन्ने वित्तिकै केक काटेर साथीभाई जम्मा गरेर भोजभतेर गर्ने प्रचलन छ । तर, यहाँका एक व्यवसायी रामचन्द्र पौडेल (आ..सी_ ले छोरी प्रान्जली शर्माको जन्मत्सवमा हुने खर्च कटाएर शारीरिक अपाङगता भएका एक व्यक्तिलाई ह्वील चियर वितरण गर्नुभएको छ ।

बागलुङको जैमुनि नगरपालिका –१ कुश्मीसेराका ३५ बर्षिया यामवहादुर मल्ललाई एक थान ह्वील चियर वितरण गर्नुभएको थियो । मल्लको २०६२ सालमा भिरवाट लडेर ढाड भाँचिए शारीरिक अपाङगता बन्नुभएको थियो ।

ह्वील चियर पाए सँगै उहाँले खुशी व्यक्त गर्नुभएको थियो । आफुले खुट्टा पाएजस्तो लागेको उहाँको भनाई छ । साथै उनले छोरी प्रान्जलीको सुख, शान्ति,समृद्धि र दिर्घयुको कामना गर्नुभयो । ह्वील चियर पाएँ

प्रान्जली शर्माको यो दोस्रो जन्मत्सव हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here