३० असोज धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो ।

गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले केही समयपछि गाडीमा लागेको आगो निभाएका थिए ।

नजिकै पानी रहेकाले त्यही पानी खन्याएर आगो निभाईएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here