साजन परियार पर्वत पर्वतका पन्त बन्धुहरु संगठित भएका छन् । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पन्तहरुले पर्वतको फलेवास नगरपालिका–७ लिमिठाना, रुम्टामा पन्त समाज पर्वतको प्रथम अधिवेशन गरी सो समाजमा संगठित भएका हुन् । अधिवेशनले द्रोणराज पन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शोभाभक्त पन्त, सचिवमा केशर पन्त, कोषाध्यक्षमा शान्ती पन्त, सहसचिवमा नारायणप्रसाद पन्त र सदस्यहरुमा क्रमश गणेशराज पन्त, माधव पन्त, दुर्गा पाण्डे, भुवनेश्वर पन्त, लक्ष्मीप्रसाद पन्त, टिकाराम पन्त,रमेश पन्त र सिताराम पन्त रहनुभएको छ । त्यस्तै सल्लाहकार सदस्यहरुमा गोविन्दप्रसाद पन्त, रामप्रसाद पन्त,सुभाष पन्त,बिक्रमराज पन्त, विश्व पन्त रहनुभएको छ ।
साथै सोही भेलाले केशर पन्तको संयोजत्वमा आर्थिक तथा समन्वय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दुर्गा पाण्डे पन्त, राजेन्द्र पन्त, प्रमेश्वर पन्त, कस्तुप पन्त, शिशिर पन्त, केशव पन्त र जनक पन्त रहनुभएको छ ।
भेलाले पन्तहरुको वशंवली तयारी तथा प्काशन गर्नका लागि सरोज पन्तको संयोजत्वमा एक उप समिति गठन गरेको छ । समितिको सदस्यमा सुभाष पन्त, रमेश पन्त, भगवान पन्त, भुवनेश्वर पन्त, सिताराम पन्त रहनुभएको छ ।
पन्त समाज पर्वतका नव निर्वार्चित अध्यक्ष द्रोणराज पन्तको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव केशर पन्तले गर्नुभएको थियो ।
जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने पन्तहरु जातिय हकहितका लागि संगठित भएको पन्त समाज पर्वतका अध्उइा द्रोणराज पन्तले जानकारी दिनुभयो । समाजले पन्तहरुको वंशज समेत तयार पार्ने उहाँको भनाई छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here