२८ असोज मलंगवा : सर्लाहीको भक्तिपुरमा टाटासुमोको ठक्करबाट शुक्रवार साँझ एक बालिकाको मृत्यु भएको छ। बी आर ०६ पी बि २६५४ नम्वरको टाटासुमोले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका- ४ भक्तिपुर बस्ने सुरेन्द्र बहादुर खड्काकी ११ वर्षीया छोरी अनमिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाटोमा हिडिरहेका बेला सदरमुकाम मलंगवाबाट आउँदै गरेको टाटासुमोले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न टाटासुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै सर्लाहीको मोहनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घर लिपपोत गर्ने क्रममा करेन्ट लाग्दा चन्द्रनगर गाउँपालिका-४ मोहनपुरका झगरु साहकी श्रीमती ५२ वर्षीया दरपति देवीको घटना स्थलमै मृत्यु भएको हो।