झापा, असोज २७ । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा बिहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।