२७ असोज विश्वकै पुरानो र ठुलो सेवामुलक अन्तरार्ट्रिय संस्था रोटरी ईन्टरनेशनल, डिष्ट्रिक ३२९२, नेपालरभुटान अन्तर्गत स्थापित रोटरी क्लव अफ पर्वतको अफिसिएल डिष्ट्रिक गभर्नर क्लव भिजिट सम्पन्न भएको छ । प्रमुख अतिथि ड्रिष्ट्रक गभर्नर रो संजय गिरीले विश्वका सवै भन्दा पूरानो सामाजिक सेवा गर्ने रोटरीको वारेमा भए गरेका कार्यहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

मोफलसमा रोटरी क्लव स्थापना गरेर गरेका कार्यहरुको उच्च प्रशंसा गर्दै रोटरी अभियानमा मन फुकाएर लाग्नका लागी सवै रोटरीयन सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । रोटरी क्लव अफ पर्वतको तर्फ देखि असाह्य जेहेन्दार विद्यार्थीहरु हिमालय उ मा बि कुनपा २ मा अध्यनरत भाई बहिनी हरू आक्रोस बूढ़ामगर , बीबेक , बिबास र शोभा बिक लाईलाई विद्यालय पोसाक हस्तान्तरण गर्नु भएको थियो ।

त्यसै गरि असिस्टेन्ट गभर्नर रो. नारायण शर्मा, एड टु डिजी रो. विष्णु खड्का, असिस्टेन्ट सेक्रेटरी विनोद कोईराला लगायतले मन्तव्य राख्नू भएको थियो । कार्यक्रम क्लवका अध्यक्ष रो. विप्लप हमालको अध्यक्षता, निवर्तमान रो. गणेश पौडेलको स्वागत एवम् संस्थापक अध्यक्ष रो.विश्वप्रकाश प्रसाईले गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव रो. उत्तम अधिकारीले र मायाको चिनो क्लवका सल्लाहकार रो. सावित्री खत्री क्षेत्री र पुर्व अध्यक्ष रो गोपी अधिकारी, रो. शिव शर्मा, रो. प्रेम पौडेल र रो. गणेश वहादुर क्षेत्री लगायतले गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईको अध्यक्षतामा पर्वत जिल्लामा सन् २०१० मा स्थापना भएको रोटरी क्लवका हाल ४९ जना सदस्य रहेका छन् । पर्वत जिल्लामा रोटरी क्ल्वले ईलाईव्रेरीको स्थापना,आयाआर्जनका लागी वाख्रा वितरण,विद्यालय शौचालय निर्माण,विद्यालयमा कम्प्यूटर हस्तान्तरण,विपदमा विभिन्न सहयोग गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here