संजय रेग्मी

असोज २६, २०७४

पर्वत ः पर्वतको फलेवास नगरपालिका वडा नं. ३ स्थित राम माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने १४ बर्षिय नवीन दर्जीको दैनिकि विद्यालय जाने र बिहान बेलुका बाजा बजाएर बस्नु हो । गाउंठाउंमा कसैकोमा बाजा बजाउनु परे उनी विद्यालय नगईकन बाजा टोलीमा व्यस्त हुन्छन । उमेरले सानै भएपनि उनी सबै बाजा बजाउँदै गाउँघरमा चाहिने बाजाको आवश्यकता पूरा गर्छन । नवीन भन्छन, “सानैबाट हजुरबाहरुले बजाउन सिकाउनु भएको हो । बेलुका ४ बजेबाट ६ बजे सम्म सिकिन्छ । गाउँघरमा बजाउन परे हाम्रै टीमले सबै बाजा बजाउँछौँ । दाई, बा बिदेशमा छन । हजुरबाहरु हिँड्नै सक्नुहुन्न । एक दिन बाजा बजाउँदा हामी सबै जनालाई २० हजार जति हुन्छ ।” नवीन जस्तै २० बर्षिय ईश्वर पनि बाजा बजाउन पोख्त छन । उनले पनि धेरै मिहिनेत गरेर पाको पुस्ताबाट नै बाजा बजाउन सिकेका हुन । पाका उमेरकाहरु अहिले बजाउन हिँड्न नसक्ने भैसकेका छन भने, यूवाहरु रोजगारी अन्य कारणले गाउँमा छैनन् । आप्mनो पुख्र्यौख्यौली धान्नकै लागि बाजा बजाउन हिँडेको बताउँदै ईश्वरले भने, “बाजा बजाउनु पर्ने हाम्रो संस्कार हो । बा, हजुरबाहरुले बजाउनुभो अहिले सानै उमेरमा हामीहरुले पनि बजाउन सिकिसकेका छौँ । हाम्रो पुख्र्यौली जोगाउन पनि हामीले सानैमा सिकेका हौँ ।” बिबाह, ब्रतबन्ध, चौरासी, लगायतका देवकार्य बाहेक निधन भएका मानिसको अन्तिम संस्कार गर्दा पनि बाजा बजाउने प्रचलन छ । उनीहरुले बाजा बजाउँदा यत्ति नै लिने भन्ने तोकिएको रेट नभएपनि नजिक र टाढा हेरेर औषतमा दैनिक २० हजार रुपैयाँ लिने गरेका छन । बाजा बजाउँदा मादक पदार्थ सेवन गर्नेहरुले निउँ खोज्दा अलि नमजा हुने बताउँदै १५ बर्षिय बाद्यबाधक शुसिल परियार भन्छन, “म दशमा पढ्छु, बजाउने काम आए साथीहरुसँगै हिँड्छु । अरु त ठिकै नै छ, रमाईलो पनि हुन्छ तर बाजामा नाच्दा रक्सी खाएकाहरुले त्यसै निहुँ खोज्छन, बाजा फाल्छन, कुटपीट गर्न खोज्छन, त्यही भएर अली दुःख लाग्छ ।” शुभ कार्यहरुमा बजाईने नौमती र पञ्चे बाजाको ठाउँ अहिले ब्यान्डबाजा, अडियो र भिडियाले लिएको कारण पनि मौलिक पञ्चे र नौमती बाजा चेपुवामा छन । गाउँघरमा सुख र दुःखमा बाजा चाहिँदा होस वा नेताहरुले भोट माग्दा नै किन नहोस बाजा सबैलाई चाहिन्छ । बाजा समूहका लागि चाहिने पोशाक र बाजा मर्मतका लागि कसैले नहेर्दा भने उनीहरुलाई खिन्न लाग्ने गरेको छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बजाईन्छ भने नौमतीमा सहनाई र दमाहा १÷१ वटा बढी बजाईन्छ । रितिरिवाज, संस्कृतिलाई जर्गेना गर्नु हामी सबैको दायीत्व भएकोले बाजालाई जोगाईराख्न दलित मात्र नभई अन्य जातीले पनि सिको गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here