२५ असोज महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकको खेत जोत्ने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका २ कटानका ३५ वर्षीय सोमारी खुनाको आफ्नै खेतमा गोरुले हान्दा मृत्यु भएको हो। खेत जोतिरहेको समयमा उनलाई गोरुले हानेको प्रहरीले जनाएको छ। गोरुले सिङ्गले उनको मुटुमै चोट लागेको र उपचारका लागि धनगढी लाने क्रममा बाटोमै मृत्यु भएको कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले जानकारी दिए।

बुधवार दिउँसोको खेत जोतिरहेको समयमा अगाडीपट्टि गोरुलाई मिलाउन लाग्दा गोरुले हानेको हो। गोरुले हाने लगत्तै उनलाई उपचारका लागि धनगढी लगिए पनि बाटोमै ज्यान गएको हो। मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here