फाईल फोटो

२३ असोज निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको हत्या आफूहरुले गरेको भन्दै अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरेको छ । गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले गौचन हत्याको जिम्मा लिएको छ ।

सोही समुहका सदस्यले काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समुहले गोली हानेको बताएका छन् ।

प्रहरीका अनुसार ‘अननोन’ नम्बरबाट फोन गरी ‘केही रकम कलमको बिवाद थियो । दिन लोभ गरेका कारण हामीले हानेको हो’ भन्दै फोन राखेका थिए ।

तिवारीको हत्या रुपन्देही देवदहका मनोज पुनको समूहले गरेको थियो । गौचनलाई पनि सोही समूहले गोली हानेको सूचना प्रहरीले पाएको छ । पुन विदेशमा बस्नै आएको प्रहरीले जनाएको छ ।

३ जना पक्राउ 

यसैबीच प्रहरीले काठमाडौंको मनमैँजुबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् ।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको उनले बताए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here