२३ असोज दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । भिनपा ८ मोहरटोल निवासि ३५ वर्षीय कुमार बस्नेतले आमा खड्गमाया बस्नेतको हत्या गरेका हुन् ।

उनले बारीमा घाँस काटिरहेको अवस्थामा दाउराले टाउकोमा प्रहारमा गरी आमाको हत्या गरेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाउरा प्रहारबाट टाउकोमा गम्भिर चोट लागेपछि खड्गमायाको घट्नास्थलमै मृत्यु भएको थियो ।

घट्नाको कारण खुल्न नसकेको र अनुसन्धानका लागि कुमार बस्नेतलाई नियन्त्रणमा लिईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here