२३ असोज दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, ब्रुन्दीमा एक बालकको हत्या भएको छ । छिमेकी २५ वर्षीय आसमान तामाङले लुगा धुदा प्रयोग गरिने काठको मुङग्रोले हानेर पाँच वर्षीय बालकको हत्या भएको हो । बेनिघाट रोराङ १ का साजन तामाङ र राममायाँ तामाङको ५ वर्षीय छोरा विवेक तामाङको हत्या भएको स्थानीयले जानकारी दिए ।

घटना स्थलमा काठको मुङग्रो रगत लत्पतिएको अवस्थामा भेटिएको छ । मृतक विवेक तामाङको टाउँकामा गहिरो चोट देखिएको छ । स्थानीयले आसमान तामाङलाई घेरा हाली समातेर डोरीले बाँधे राखेको स्थानीय तुलसी थापाले जानकारी दिए । गएराति २ बजेतिर भएको घटना के कारण भयो भन्नेमा बालकका अभिभावकहरुले समेत थाहा नपाएको स्थानीले बताएका छन् ।

घटनापछि अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय गजुरी मातहत महादेवस्थान प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घटना के कारणले घटेको हो भन्ने कुरा प्रहरी अनुसन्धानबाट मात्र खुल्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here