पर्वत २२ असोज  ः जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म संचालित मुटुरोग परिक्षण शिविरमा झण्डै ८ सय जनाको मुटु परिक्षण गरिएको छ ।
जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिका स्थित देविस्थानमा छुट्टाछुट्टै
शनिवार र आइतवार संचालित शिविरबाट उक्त संख्याका बिरामीको परिक्षण गरिएको हो । आइतवार कुश्मामा संचालित शिविरमा झण्डै पाँच सय र शनिवार फलेवासमा संचालित शिविरमा दुई सय ५० भन्दा बढिको परिक्षण गरिएको आयोजक लान्य क्लव अफ शिवालयले जनाएको छ ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरवाट कुश्मा नगरपालिका लगायत बागलुङ जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिए ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरिएको थियो । शिविरमा उच्च रक्तचापका विरामी बढि देखापरेका छन् । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताउनुभयो । शरीरमा बढी बोसो जममा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उहाँको भनाई छ ।
दैनिक व्यायामले रोग न्युनिकरणमा सघाउने उहाँको भनाई छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न सल्लाह दिनुभयो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । उहाँले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका पर्वतका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष राजेन्द्र महतो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, वेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसी लगायतले मन्तब्य राख्नुभएको थियो ।
उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here