काठमाडौ, १८ असोज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ नभई देशको हितमा बाम एकताको तयारी गरिएको बताउनु भएको छ । तीन पार्टीविचको चुनावी तालमेल गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले देशको हितका लागी तयारी गरिएको भन्दै यसबाट कोही पनि आत्तिन नहुने बताउनु भएको हो ।

यो एकीकरण नेपाली जनताको चाहना रहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, एकीकरणले देशलाई आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक बाटोलाई सहीमा दिशामा लैजाने छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले यो एकीकरण र तालमेल अन्य कुनै पार्टी विरुद्ध नभएको स्पष्ट पार्नुभयो । उहाले कम्युनिष्ट पार्टी बाहेकको अन्य पार्टी पनि एकतामा सामेल हुन सक्ने बताउदै बामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यस एकीकरणमा सामेल हुन सक्ने छन् ।

एकीकरणपछि भूगोल, पेशा, जात, समुदाय, धर्मबीच कुनै भेदभाव, दमन, उत्पीडन नहुने स्पट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, सबैलाई न्याय, अधिकार, सबैलाई अवसर र सबका लागि सुरक्षा र सबैका लागि उच्च सम्मान ल्याउन पनि एकीकरण आवश्यक थियो । ओलीले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रिय स्वार्थ ठूलो कुरा भएकोले एकीकरण गरिएको प्रस्ट्याउँदै सन्तुलित छिमेक सम्बन्ध राखेर अघि बढने बताउदा खचाखच भरिएको राष्टिय सभा गृहमा तालीको गडगडाहट गुन्जिएको थियो ।  उहाले थप्नु भयो, सन्तुलित, मैत्री, बराबरी र स्वतन्त्र देशको हैसियतले छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने छौं ।

बाम सरकार बन्छ बन्छ

अध्यक्ष ओलीले तत्काल सत्ताको खेलमा आफुहरु नलाग्ने स्पष्ट पार्दै भन्नुभयो, नेपालको जन्मकुण्डलीमा २०७४ सालमा कम्युनिष्टको सरकार बनाउन लेखेको छ । यो कसैले टार्न खोजेर टर्दैन । बन्छ बन्छ । उहाले आफुहरुका लागी सामान्य बहुमत अब ठुलो कुरा नभएको बताउदै तीनै दलको ध्यान दुई तिहाई बहुमत तर्फ रहेको प्रष्ट पार्नुभयो ।

चुनाव चिन्ह प्राविधिक समस्या

उहाले पार्टी एकीकरण मात्रै नभइ आगामी मंसिरमा हुन लागेको प्रादेशिक र प्रतिनिधिसभाको लागि चुनावी तालमेल पनि गर्न लागेको बताउनुभयो । उहाले तीनै पार्टीले एउटै चुनाव चिन्ह लिएर उठ्न लागेको भए पनि कानुनी जटिलताले सम्भावना नभएको बताउनु भयो । तीन दलका कार्यकर्तालाई समानताका हिसाबले हेरिने भन्दै आकारका आधारमा भेदभाव नहुने अध्यक्ष ओलीको भनाई थियो । उहाले अन्य बामपन्थी शक्ति पनि तालमेलमा आए उनिहरुलाई सम्मानजनक स्थान दिई बाकी रहेको सिटमा एमाले र माओवादी केन्द्रले ६० र ४० को भागवण्डा गर्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here