१७ असोज,काठमाडौं । प्रमुख विपक्षी एमालेसँग एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।

सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी चरित्र अनैतिक भएको निष्कर्ष निकालिएको कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले बताइन् । एमाले र माओवादीको सहमति घोषणा भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो ।

कांग्रेस बैठकले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।

एमालेसँगको सहमति सार्वजनिक गर्नुअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार दुई पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । माओवादीले एमालेसँगको एकता, चुनावी तालमेल र एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि केन्द्रित रहेकाले सत्ता गठबन्धनलाई असर नगर्ने बताएको छ ।

स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलको प्रयास गरिरहेको थियो ।अनलाईनखवर वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here