संजय रेग्मी
असोज १७, २०७४

पर्वत ः म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । सडक सञ्चालनमा आएपछि बिचैमा रोकीएका संयौ सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । दसै लगत्तै मुस्ताङ भ्रमण र मुक्तिनाथ दर्शनका लागि आएका आन्तरीक पर्यटक तथा तिर्थयात्रीहरुको बेनी–जोमसोम सडकमा चाप बढेको छ । सोमबार साँझ बेगखोलामा आएको बाढीले एउटा ट्याक्सी बगाउनुका साथै सडकमा क्षती पु¥याएपछि बेनी मुस्ताङ सडक खण्ड अबरुद्ध बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here