संजय रेग्मी
असोज १७, २०७४

पर्वत : मुस्ताङको कागबेनीमा आज साँझ भएको माईक्रोबस दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ । मुक्तिनाथबाट जोमसोमका लागि छुटेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना परी बिराटनगर महानगरपालिका वडा नं. ८ का अन्दाजी ४२ बर्षका गणेस सुवेदी, बागलुङको निसी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३५ बर्षिय खेमबहादुर बुढामगर र पहिचान खुल्न नसकेकी एक महिलाको घटनास्थलमा नै मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामहरी पाण्डेका अनुसार अहिले सम्म चालक सहित २२ जना सवार रहेको बसमा अन्य १९ जना घाईते भएका छन । घाईतेहरुको प्रहरी र मुस्ताङ घुम्न गएका पर्यटकहरुले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको छ । दशैं विदामा घुम्न गएका पर्यटकहरु बोकेको उक्त माईक्रोबस कच्चीबाट कालोपत्रे सडकमा प्रवेश गर्दासाथ तीब्र गती रहेको र ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुषन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए । बडा दशैंको टीकाको दिन सकिए लगत्तै मुस्ताङमा आन्तरिक पर्यटकहरुको ठूलो भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here