धादिङ, असोज १७ नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र भएको प्रदेशका लागि क्षेत्रीय समितिले सिफारिस गरेका सबैको नाम केन्द्रमा जिल्ला समितिले सिफारिस गरेको हो ।

कार्यसमिति बैठकमा सहमति जुट्न नसकेपछि सबै नाम सिफारिस गरिएको बताइएको छ । केन्द्रीय संसद्का लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया, क्षेत्र नं २ का लागि रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश संसद्का लागि क्षेत्र नं १ का लागि अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा, क्षेत्र नं २ का लागि खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी, क्षेत्र नं ३ का लागि कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला, क्षेत्र नं ४ का लागि फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटीलाई सिफारिस गरेको नेपाली काँग्रेसका खिल गिरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here