१६ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक आसन्न निर्वाचनमा तालमेल र नेकपा एमालेसँग पार्टी एकताका विषयमा केन्द्रित रहेको थियो । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here