असोज १०, २०७४

पर्वत ः यसपालीको दशैंमा नयाँ घर पाउने बागलुङको बाङ्गेचौरमा बस्दै आएका बिस्थापित सिमान्तकृत माझीहरुको सपना सपनामै सिमित भएको छ । वि.सं २०४६ मा पोखरा–बागलुङ सडक खन्ने क्रममा थातथलो गुमाएको माझी समुदाय २८ बर्षदेखि पुनस्थापनाको आशामै बाँचिरहेका छन । आप्mनो थातथलो नै गुमाएका माझीहरु अहिले बागलुङ नगरपालिका वडा नं. १ स्थित बाङ्गेचौर खेल मैदानको किनारमा अस्थायी छाप्रा र टहरा बनाएर बस्दै आएका छन । यस पटकको दशैंमा उनीहरुलाई पुनःस्थापना गरिने सार्वजनिक प्रतिबद्धता गरेको बागलुङ नगरपालिकाले सम्झौता अवधिलाई देखाएर बस्ती निर्माणमा ढिलाइ गरिरहेको छ । गएको पुसमा ठेकेदार कम्पनीसँग सम्झौता गर्ने क्रममा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज अधिकारीले दशैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्ने वार्ता गरेका थिए । उनीहरुको पुनःस्थापनाको लागि ‘मुक्तिनाथ÷विएन÷त्रिशक्ति, जेभी’ कम्पनीले नगरपालिकाको वडा नं. १ खनियाबासमा १४ माझी परिवारका लागि घर निर्माण गरिरहेको छ । यद्यपी नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले भने ७० प्रतिशत काम पूरा भएको र आगामी मंसिरभित्र माझी बस्ती व्यवस्थापन भइसक्ने बताए । उनले भने, “सम्झौता अवधि पुससम्म छ, दशैँमा सक्ने भन्ने थियो, सकिएन मंसिर÷पुससम्ममा घर निर्माण गरी बुझाईने छ ।” घर निर्माणको काम अन्तिम चरणमा पुगेको र ‘फिनिसिङ’ मात्र रहेको पनि उनले बताए । लामो समयसम्म पनि नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो । प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भइरहेको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए । उनले भने, “एक करोडमाथिको योजना भएकोले टेण्डर लगायतका प्रक्रियामा जानु प¥यो । निर्माण कम्पनीले समयमा कामै गर्दैन । नगरपालिकाले पनि अलि चासोका साथ हेरिदिनुपर्छ ।” कुल एक करोड १३ लाखको लागत अनुमान भए पनि ठेकेदार कम्पनीले घटिघटाउमा ८२ लाख ३० हजारमा घर निर्माणको जिम्मा लिएको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण हुने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here