९ असोज काठमाडौँ । प्रदेश नं २ मा सोमबार साझ ७ बजेसम्म १३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३८ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ भने १ स्थानमा आग्रता लिएको छ  ।

दोस्रो स्थानका रहेको संघीय समाजवादी फोरमले २५ वटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ । फोरमको १ स्थानमा अग्रता रहेको छ ।  तेस्रोमा रहेको राजपाले  २४ स्थानीय तह जितेको छ ।

त्यस्तै चौथोमा रहेको  माओवादी केन्द्रले २१ स्थानीय तहमा बिजयी भएको छ  भने १ स्थानमा आग्रता लिएको छ । पाचौं स्थानमा रहेको एमालेको १८ स्थानमा जीत र १ स्थानमा आग्रता रहेको छ ।

अन्यमा  नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

त्यस्तै जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  ।

अब चार स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here