९ असोज महान् पर्व दशैँको अवसर पारेर चर्चित गायक तथा संगीतकार शिव परियारको आवाजमा रहेको “बर्षौं भो छोडेको” गीत भिडियो सार्वजनिक भएको छ ।“नभेटी नभेटी” भाग दुईको रुपमा सार्वजनिक भएको गितमा गितकार तथा कवि श्वेता मैनालीको शब्द रहेको छ ।
गीतमा बिदेशमा रहेका लाखौं नेपाली युवाहरुको जीवन कथा ,आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाइ प्रस्तुत गरिएको छ ।

ब्रायन राईको निर्देशनमा बनेको भिडियोमा सुलक्ष्यन भारती र केनिपा सिहंको अभिनय रहेको छ ।
एनसेल को सपोर्टमा निर्माण गरिएको यस गीतलाई एनसेल ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई दशैँको सांगीतिक उपहारको रुपमा समर्पित गरेको छ ।गितलाई एक बर्षअघि सन् २०१६ को नोभेम्वरमा गायक परियारले अन्प्लग्ड भर्सन युट्युवमा सार्वजनिक गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here