फाईल फोटो

९ असोज बैतडी,अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका ६ कनालीका विस्थापित एक शिक्षक दम्पतिको घरमा समेत आगजनी गरिएको छ । शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले शनिबार आगजनि र तोडफोड गरेका हुन् । गैरदलित परिवारकी छात्राको दलित केटासंग गराइदिएको आरोपमा विद्यालय व्यवस्थापन समितीले विद्यालयबाट निस्काषित गरी गाउँबाट समेत विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीबाट उनको घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीको भनाइ छ । गैरदलित छात्रालाई दलित केटासँग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहात कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरालाईसँग सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।

‘उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासँग भगाउनमा तेरो र तेरो पन्तीको हात छ भन्दै मलाई गाउँबाट विस्थापित गरीयो’ रानाले भने । न्यायको लागि महिनौँदेखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् । ‘नयाँ घरमा आगजनी गर्‍यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरुको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र वमले बताए । आफ्नै गाउँबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा दलित समुदायका केटासंग भगाउनमा आफ्नो कुनै हात नरहेको बताउँदै आएका छन् ।

एक महिनासम्म सम्पर्क बिहिन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ मा सम्पर्कमा आएका थिए । छात्राले दलित केटासंग आफुखुसि गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ–आफ्नो परिवारको जिम्मा लगाइएको थियो । सोहि घटनापछि शिक्षक दम्पति र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफुहलाई गाउँमा आए मार्ने धम्की दिने गरेको पीडित शिक्षक रानाले गुनासो गरे । शिक्षा नियमावलि अनुसार कुनै अपराध विना शिक्षलाई निस्काषित गर्न नपाइने भएपनि व्यवस्थापन समितीले भने नियमावलिको अवज्ञा गर्दै शिक्षकलाई निस्काषित गरेको आरोप छ । गाउँलेहरुले निष्काषित गर्न दबाव दिएपछि करन रानालाई निस्काषित गर्नु परेको विद्यालयका प्रधानाध्यापक जनक चन्द बताए ।

विद्यालय व्यवस्थापन समितीले कुनै कसुरबिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन रानाको घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाही प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । ‘त्यसरी कसैलाई कामबाट निकाल्न पनि पार्ईदैन जोशीले भने, ‘आगो लगाउने कुरात सरासर कानुन विपरित भएकाले तस्ताका दोषिमाथि कारबाही गरिन्छ ।’नयापत्रिका वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here