९ असोज रौतहट : रौतहटको परोहा नगरपालिका–२ का वडा अध्यक्षमा पराजित उम्मेदवार मो.सेराजुद्धिनका छोरालाई सोमबार बिहान गोली हानी हत्या गरिएको छ ।

जिंगडवा बेलविक्षवास्थित आफ्नै घरको बरण्डमा सुतिरहेको अवस्थामाबिहान करीब साढे ३ बजे अकबर भनिने मो.अबुसैयव माथि गोली प्रहार भएको हो ।

छातीमा दुईवटा गोली लागेका अवुसैयवलाइ उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहहरीले जनाएको छ । घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here