असोज ९, २०७४

पर्वत ः नक्कली गरगहनाको कारोबार भैरहेको भनी चर्चा बढीरहेको बागलुङमा एक जना भारतीय नागरिक मिसावट भएको चाँदीका ४ सय तोला गरगहना सहित पक्राउ परेका छन । भारतको मोतिहारी जिल्ला औरहिया थाना आधापुर–४ घर भई बागलुङ नगरपालिका–२ जिल्ला हुलाक कार्यालय अगाडीको चोकमा बस्ने ५१ बर्षका सुरेन्द्र साहलाई झोला भित्र प्लाष्टिकले पोको पारेर ३ सय ९३ तोला अर्ध सक्कली चाँदीका गरगहना लिएर हिडिरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बागलुङ्का प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङले जानकारी दिए । खापुङले भने, ‘हामीले विशेष सुराकीको आधारमा हालको बजार मुल्य अनुसार ३ लाख २० हजार रुपैँया पर्ने ४ किलो ५ सय ग्राम चाँदी साहबाट बरामद भएको छ । कानुनी कारबाहीका लागी बरामद भएको अवैध चाँदीलाई भन्सार कार्यालय सुनौली पठाउने छौँ । उसको साथबाट पाउजु, कम्मरबन्ध, बाला, सिन्दुर राख्ने बट्टा लगायतका विभिन्न सामान नियन्त्रणमा लिएका छौँ ।’ उक्त सामानमा ५० प्रतिशत मात्रै चाँदी मिसिएको पक्राउ परेका साहले पनि स्वीकार गरेका छन् । पक्राउ परेका साहले आँपूm ६÷७ बर्षदेखि महिनाको एक पटक बागलुङ आउने गरेको र यस पटकको चाँदी वीरगञ्जको रक्सौल नाका हुदैँ बागलुङमा विक्रिका लागि ल्याएको बयान दिएका छन । अहिले सम्म बागलुङका सुनचाँदी पसलहरुको प्रभावकारी अनुगमन हुन सकेको छैन । अन्य समयमा भन्दा चाडपर्वहरुमा यस्ता गतिविधी धेरै हुने हुनाले यस्ता गतिबिधिहरुलाई न्युनीकरण गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले सादा पोशाकमा प्रहरीलाई परिचालन गरेको बताएको छ । साह पक्राउ परेसँगै धौलागिरी अंचलमा नै बर्षौँदेखि सुनचाँदीको अबैध कारोबार चल्दै आएको पुष्टि भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here