कुश्मा, पर्वत ।नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी पार्टी सुदृढिकरण तथा संगठन विस्तार अभियान शुरु गर्नुभएको  छ ।आउँदो मंसिर २१ गते हुन लागेको प्रदेश सभा र संघको निर्वाचनलाई मध्ये नजर गदै पार्टी सृदृढिकरण तथा संगठन विस्तारमा लाग्नु भएको हो ।

पर्वत क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका संगठनका गतिविधी सुस्ताएको र सर्मथक पनि संगठित गर्न नसकिएको निश्कर्ष निकाल्दै संगठन विस्तारमा लागेको उहाँको भनाई छ । विजय दशमी तथा शुभदिपावलीको पावन असवर पारेर पर्वत क्षेत्र नम्वर २ का सबै वडाका कार्यकर्ता भेटघाट तथा संगठन विस्तार तथा नागरिक संग भेट गर्ने कार्यक्रम रहेको तिवारीको भनाई छ ।

संगठन विस्तारमा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका जिल्ला सदस्य तथा दलित अगुवा नेता जितवहादुर नेपाली, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारी, नेपाल तरुण दल मुडिकुवाका अध्यक्ष दिनेश लामिछाने, नेपाल तरुण दल खानीगाउँका अध्यक्ष निर्मल नेपाली लगायतको टोली संगठन विस्तारमा लागेका छन् । संघ र प्रदेशको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन तथा संगठन सुदृढिकरण लागेको उनीहरुको भनाई छ ।

यसैविच नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारीको नेतृत्वमा पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र ११ पाङराङ सँगै विहादी गाउँपालिका–१ बाच्छा, २ बराचोर, ३ रानीपानी लगायतका वडामा विजय दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै महासमिति सदस्य गंगाधर तिवारीले नेपालीहरुको महानचाड विजय दशमी तथा शुभ दिपावलीको मौलिकतालाई  जोगाई राख्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । विजय दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना व्यक्त गदै नेपाली काँग्रेस एकढिक्का भएर संगठन सुदृढिकरणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले पर्वत क्षेत्र नम्वर २ मा काँग्रेसको जित सुनिश्चित भएको बताउँदै सबै एकढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य गोविन्द्र प्रसाद पराजुली, जितवहादुर नेपाली,नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारी,धर्मराज भुषाल, क्षेत्रिय कोषाध्यक्ष गंगाप्रसाद भुषाल, नेपाल तरुण दल मुडिकुवाका अध्यक्ष दिनेश लामिछाने, नेपाल तरुण दल खानीगाउँका अध्यक्ष निर्मल नेपाली लगायतले बोल्नुभएको थियो ।

बाच्छामा नेपाली काँग्रेस बाच्छाका सभापति सेवकनाथ आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने बराचौरमा नेपाली काँग्रेसका सभापति हरिप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममको सञ्चालन नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here