पर्वत : बागलुङको हुग्दीशिर अन्तर्गत खाल्टाखर्क भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यू भएको छ । बागलुङबाट बजारबाट बरेङ गाउँपालीका वडा नम्वर ३ बाटाकाचौर नयाँवजारका लागि छुटेको ध १ ज १३४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा जीपमा सवार प्रहरी हवल्दार खीमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीसको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । उनीहरु दुवै जना दुई नम्बर प्रदेशमा भएको निर्वाचन सकाएर साबिककै ड्यूटीमा फर्किँदै गरेका थिए । दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन । घाईते हुनेहरुमा समिर मिया, मञ्जी खातुन, सबिना खातुन, जिप चालक साधन श्रीषको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको छ भने, अन्य घाइतेहरु प्रहरी जवान गुञ्जबहादुर राना, रिना लामिछाने, सत्कार लामिछाने, तमबहादुर खत्री, जितु लामिछानेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । सामान्य घाइेत प्रहरी जवान शेरबहादुर नेपाली भने इलाका प्रहरी कार्यालय बरेङमा फर्किएका छन् । १४ जना सवार रहेको उक्त जीप अपरान्ह ३ बजेको समयमा सडक बाट करीव २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको बिषयमा अनुषन्धान भैरहेको प्रहरी उपरीक्षक खापुङको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here