काठमाडौं, असोज ७ । कोमल ओलीले राप्रपा नछाड्ने बताउदा बताउँदै पनि राप्रपा छाडेकी छिन् ।
राप्रपाको केन्द्रीय सदस्य रहेकी गायिका कोमल ओली एमालेमा प्रवेश गर्न लागेकी हुन् । एमालेबाट सांसदको टिकट पाउने भएपछि उनले पार्टी परिवर्तन गरेको स्रोतले जनाएको छ ।
आउने सोमवार अध्यक्ष केपी ओलीको हातवाट टिका लगाउँदै ओली एमालेमा प्रवेश गर्दै छिन् ।
राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वा्चित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार दाङमा अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।
उनी संगै दाङका एक व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।
ओलीले राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो संगै एमाले प्रवेश गरेकी उनको एमालेमा पनि पाइने जिम्मेवारीको वारेमा छलफल भइरहेको खवर छ ।
दाङमा बहुसंख्यक स्थानीय तह जितेपछि एमालेले त्याहा आफ्नो प्रभाव वढाउन खोज्दै छ र ओलीलाई दाङबाट चुनावमा उठाउँदा जित्ने सम्भावना गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ ।