७ असोज वीरगन्ज: तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा नेपाली कांग्रेसलाइ संघीय समाजवादी फोरम नेपालले कडा टक्कर दिइरहेको छ।पछिल्लो मत परिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेस अगाडि रहे पनि फोरम नेपालले उसलाइ निक्कै कम मतको अन्तरले पछयाइरहेको छ।

शनिवार बिहान ११ बजे प्रकाशीत पछिल्लो नतीजा अनुसार ३६५६८ मत गनि सक्दा मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदी ७९४९ मतका साथ अग्रस्थानमा छन्। दोश्रो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विजय सरावगीले भने ७८३२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ५७९९ मत छ। नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ३९८२ मतका साथ चौथो स्थानमा र नेकपा एमालेका बसरुद्धिन अन्सारी ३८९६ मतका साथ पाचौ स्थानमा छन्।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्त भने २९०१ मतका साथ छैठौं स्थानमा छन्।वीरगन्ज महानगरपालिकाको उपमेयरमा अग्रता कायम राखेको नेपाली काँग्रेसले फोरम नेपालसंगको मतान्तर भने फराकिलो बनाउदै लगेको छ। उपमेयरमा काँग्रेसकी शान्ति कार्की ९१८९ मतका साथ अगाडि छिन्।

यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव ७५०५ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ४९५३ मतका साथ तेश्रो स्थानमा छिन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ४७५७ मतका साथ चौथो स्थानमा , माओवादी केन्द्रकी दुर्गा क्षेत्री २६९३ मतका साथ पाचौ स्थानमा र लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव २२४२ मतका साथ छैठौ स्थानमा छिन्।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १ , २ , ३ , ४, ५ ,९, २८ , २९, ३० , ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका अब्बास मिया जितेका छन्।

यस्तै वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानू, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया, वडा नम्बर ९मा फोरम नेपालका मनोज कलवार वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी , वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी हुनु भएको छ।

अहिले वडा नम्बर ६ , ७ , ८ , १० , २३ , २४ , २५ , २६ र २७ को मतगणना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here