७ असोज दशैँ मनामउन घर हिडेका बाटोमै पहिरोले पुरिएर मृत्यु भएको छ । रुपन्देहीको सिद्धबाबा सडकमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ।

पहिरोमा लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्। पहिरोमा अन्य व्यक्ति पनि पुरिएको प्रहरीको अनुमान छ। पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here