७ असोज काठमाडौं । प्रदेश नं २ मा अहिले बिहानसम्म ८९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

नेपाली काँग्रेसले सर्वाधिक ३० तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको माओवादी केन्द्रको १६, संघीय समाजवादी फोरमको १४, राजपाको १४, एमालेले १०, नेपाल लोकतान्त्रिक दलले ३, नयाँ शक्ति तथा नेपाली नेपाली जनता दलले १ स्थान तह जितेको छ ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ११, माओवादी ११, संघीय फोरम ९, राजपा ५, एमाले १०, फोरम लोकन्त्रिक १ तथा नयाँ शक्ति १ तहमा अगाडि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here