७ असोज, पर्बत मोदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयापुल कास्कीको नबौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाका अध्यक्ष बुद्धिमान गुरुङले बार्षिक प्रगति प्रतिबेदन तथा अक्षय कोष निर्देशिका २०७४, ऋण उपसमितिको प्रतिबेदन गौरी प्रसाद सुबेदी र लेखा समितिको प्रतिबेदन लेखा संयोजक चुडा मणी शर्माले प्रस्तुत गर्नु भएको थियो । संस्थाका ब्यबस्थापक शशिकला पाण्डेले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको थियो ।

साधारण सभामा २०७४/७५ को अनुमानित आय १ करोड़ २५ लाख र ब्यय ७४ लाख प्रस्तुत गरिएको थियो । सोहि अबसरमा गत आर्थिक बर्षमा उत्कृष्ट बचत कर्ता श्यामा शर्मा र टक प्रसाद पाध्यालाई र उत्कृस्ट ऋणी को रुपमा सीता देबकोटा र श्री बहादुर मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एन आई सी एसिया बैंक नयापुलका प्रमुख प्रेमराज पौडेल, मुक्तिनाथ बिकास बैंकका प्रमुख संतोष शर्मा, पोखरा फाइनान्सका मिलन गुरुङ, समाजसेवी गोल बहादुर खड्का, दल बहादुर केसी, बिष्णु पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्य क्रममा सहभागीहरुलाई स्वागत उपाध्यक्ष नमहरी पौडेल र संचालन सचिब देबेन्द्र प्रसाद चापागाईले गर्नु भएको थियो । अधिबेशनले बुद्धिमान गुरुङ को अध्यक्षतामा ११ सदस्यीय ब्यबस्थापन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नमहरी पौडेल, सचिब लाल बहादुर केसी, कोषाध्यक्ष लेखनाथ शर्मालाई चयन गरेको छ । समितिका सदस्यहरुमा गौरी प्रसाद सुबेदी, कृष्ण गौचन, सुशीला जैसी, राजन राई, सीता देबकोटा, गोबिन्द मणि पौडेल र प्रेम ढुंगाना रहनु भएको छ । त्यसै गरी हरी प्रसाद ढुंगानाको संयोजकत्व मा युबराज पौडेल र दल बहादुर केसी सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । सहकारीमा कुल शेयर पूंजी ८० लाख र शेयर सदस्य संख्या ३३५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here