६ असोज पर्वत । पछिल्लो समय नेपाली राजनिती, कर्मचारी तन्त्र, सेना, प्रहरी तथा सामाजीक क्षेत्रमा समेत भ्रष्ट्रचारले नराम्रो संग सँग जरो गाडेको छ कि जसलाई भत्काउन सायदै असंभव जस्तै वनाएका छन् । यस्तो दर्दानाक अवस्थामा नेपाली फिल्म क्षेत्रका नायक, संगितकार, गायक तथा बलिउडमा पनि आफ्नो फरक पहिचान दिएका चर्चित अनुहार शंकर लामिछानेको लेखन तथा निर्देशनमा ऐ नेपाली हो वधान नामक सर्ट फिल्मको शो प्रदर्शन गरिएको छ ।
आज पर्वतको सदरमुकाम कुश्मा बजारमा सुचनाकेन्द्र डटकमको संयोजननमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सर्ट फिल्म देखाउँदै लेखक तथा निर्देशक शंकर लामिछानेले नेपालमा मौलाउँदै गएको भष्टचारको अन्त्य नगरेसम्म हाम्रो समाजको बिकास नहुने तर्क गरे । उनले भने हामीले समाजलाई सुधार्नको लागि यहाँ भित्रका गलत कूराहरुको अन्त्य गर्नैपर्छ त्यसको लागि यो फिल्म साच्चीकै कोसेढुंगा हुने लामिछानेको बिस्वास थियो ।
नी थप्छन् आज भ्रष्टचार नभएको कुनै क्षेत्र भेटाउन गारो पर्न थाल्यो । सामान्य मानिसहरु रोडबाट एकाएक करोणपति पनि बन्न थाले देश गरिबीको रेखाबाट मुक्त हुन सकेन तर केहि मानिसहरुको जिवनशैलीले समाजलाई बद्नाम गरायो । उनीहरु पैसाले सबै कुरा किन्न सकिन्छ भन्ने मानसिकताले भरिएका छन् । उनीहरु सहिलाई गलत र गलतलाई सहि भनेर समाजलाई बादल भित्र राखेका छन् । यो यर्थाथतालाई हामीले अब चिर्नैपर्छ भन्दै पत्रकारलाई आग्रह गरे ।
खासमा के छ त ए नेपाली हो सावधानमा रु
नेपाली फिल्म क्षेत्रमा आफ्नो फरक पहिचान दिएका लामिछानेको लेखक तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ऐ नेपाली हो सावधान उनै लामिाछानेले निर्माण गरेको नेपालको बास्तबिक कहानीमा आधारीत सर्ट फिल्म ऐ नेपाली हो को दोस्रो पार्ट हो । ऐ नेपालीहो लाई संघियता, जातियता, धर्मनिरपेक्षेता र बलिलिएको राजनितीसँग जोडेर निर्माण गरिएको थियो भने यसपाली निर्माण भएको पार्ट २ ऐ नेपाली हो सावधान लाई भ्रष्टचारसँग जोडेर निर्माण गरिएको छ ।
झण्डै ८ मिनेट ३० सेकेण्ड लामो फिल्ममा नेपाली समाजमा मौलाउँदै गएको भष्टचारलाई देखाउन खोजिएको छ । जहाँको एक जना मात्रै कर्मचारीले राजनिती र शक्तीको आडमा कतिसम्म भ्रष्टचार गर्न सक्छ भनेर देखाइएको छ । त्यहि फिल्ममा एउटा यस्तो संवादलाई जोडिएको छ जसले फिल्म हेर्न आम मानिसलाई साच्चीकै पिडामा लैजान्छ । जुन संवादमा भनिएको छ दुनियाले के भन्छन् त्यसको पिर नगर तिमी मोज गर भोज गर अरु म मिलाउँला भन्ने छ ।
केहि समयपछि युटुव च्यानलमा सबार्वजनिक गर्ने बताउँदै फिल्मका सम्पादक तथा फिल्मका एक पात्र थमानसिंह पुर्जा ९जंगे० ले बताए । उनले भन्छन् यो नेपाली समाजको वास्तविक कहानी हो बुझ्नलाई सहज होस्् भनेर सानो फिल्ममा यर्थाथ कहानी छिराइएको बताए । पर्वत जिल्लाका झण्डै ५० जना भन्दा बढी स्थानिय कलाकारहरुलाई समेत स्थान दिइएको फिल्ममा सबै स्थानिय श्रोत साधनको प्रयोग गरिएको छ ।
झट्ट हेर्दा बिग सिनेमाको कथा जस्तो झझल्को दिने गरि निर्माण गरिएको सर्ट फिल्मलाई राम्रो बनाउनको निकै मेहनत गरिएको छ जसलाई हर्दा कति बेलै पनि बोर फिल हुँदैन । सर्ट फिल्मलाई बिग फिल्म जस्तो बनाउने ब्याक साउण्ड आवाज भने बिसाल लोहनीले दिएका छन् । सर्ट फिल्ममा स्थानिय कलाकारहरु सबैजसोले निकै राम्रो प्रस्तुती दिएका छन् । कुश्माज ईन्टरटेण्टमेण्टको प्रस्तुतीमा रहेको फिल्म पश्चिम नेपाल कला मञ्चको सहकार्यमा निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here