असोज ०६ नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । कुश्माको नारायण माद्यामिक विद्यालयमा भएको अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति खिमप्रसाद भूषालले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै सभापति भुषालले नेपाल शिक्षक संघ बुद्धिजिवीहरुको संगठन भएको बताउँदै संगठनको विधिविधानमा रहेर शिक्षामा भएका विकृति विसंगीतका विरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो । शिक्षकहरुले राजनितिक परिर्वतनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै शिक्षकहरुको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । भुसालले आउँदै गरेको संघ र प्रदेशको निवार्चनमा होमिन सवै शिक्षक, कांग्रेस जिल्ला कार्य समिती, क्षेत्रिय समिती, नगर समिती,गाउंपालिका समिति र वडा कार्य समिती र शुभेच्छुक सवैलाई निर्देशन समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले लोकतन्त्रको वकालत गर्ने शिक्षकहरुले अब स्थानीय निकायको विकासमा समेत सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले स्थानिय तहको निर्वाचन सफल बनाउन नेपाल शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । शिक्षाको ज्योति फैलाउने शिक्षक ईमान्दार हुनेहो भने समाज र लोकतन्त्र वलियो हून्छ । समाज र देशका लागी सवैभन्दा भरोषा लागेको वर्ग शिक्षक हो । तपाईहरुको हरेक समस्या समधानका लागी म नगर प्रमूखको नाताले सधै तत्पर रहने छु । उहाँले कुश्मा नगरपालिकाको नगरसभा एमालेका जनप्रतिनिधीहरुको कारण रोकिएको बताउँदै नगरवासीमा पर्न गएको असुविधा प्रति आफ्नो ध्यान केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीले शिक्षकहरुका हक र हितका लागी आउने नेतृत्वले काम गर्न सफल रहोस भन्दै अधिवेशन सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष वडा अध्यक्ष चित्रकला भारती, नेपाल शिक्षक संघ पर्वतका पुर्व अध्यक्ष चुडामणि शर्मा ,

कूल प्रसाद उपाध्याय ,टेडयुनियन कांग्रेसका उपाध्यक्ष गोविन्द प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी,नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, शिक्षक युनियनका पूर्व सचिव बालकृष्ण बास्तोला, नेपाल शिक्षक संघ पर्वतका अर्थ सचिव नगेश्वर उपाध्याय, नारायण मा.वि का प्र अ अम्विका  लोहनी आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभयो । नगर अधिवेशन तयारी समितिका संयोजक पार्वती उपाध्यायको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्याक्ष राधा कुमारी शर्मा र कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ पर्वतका सचिव यज्ञनाथ वास्तोला गर्नुभएको थियो ।

यस्तै शिक्षक संघ को अध्यक्षमा वालकृष्ण शर्मा,उपाध्यक्ष महिलामा राधिकादेवि शर्मा, उपाध्यक्षमा मुकुन्द गौतम,सचिवमा तोथानाथ उपाध्याय,अर्थ सचिवमा प्रकास रिजाल अर्थ सहचिवमा प्रमोद सुवेदी,अर्थ उपसचिव महिलामा कमलादेवी पौडेल सह–सचिवमा महेन्द्र कुमार जोशि,गोविन्द ढकाल,गोविन्द प्रसाद रेग्मी, महिला सह–सचिवमा संगिता कुमारी शर्मा र सदस्यहरुमा भोज कुमारी शर्मा,अमृत अधिकारी,रमाकर अधिकारी,चन्द्रदत शर्मा,प्रकास सुवेदी,रामप्रसाद सुवेदी र नारायण गिरीलाई सर्बसम्मत चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here