असोज ६, २०७४ पर्वत : म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो बौद्ध कप फुटबल –२०७४ को उपाधि आयोजक बौद्ध युवा क्लब मंगलाघाटले जितेको छ। बेनी स्थित खुलामञ्चमा भएको फाइनलमा कालीपुल युनाइटेड क्लबलाई ३–० गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधि चुमेको हो। धौलागिरीकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा विजेता बनेसँगै क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २५ हजार रुपैयाँ हात पारेको छ।प्रतियोगिताको उपविजेता कालीपुल युनाइटेड क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ पाएको छ। सेमिफाइनलबाट बाहिरिएका एभरग्रीन र म्याग्दी प्रहरीले नगद १५\१५ हजार रुपैया प्राप्त गरेका छन्। म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधिसहित थप १० हजार रुपैयाँ पनि पाएको छ। यस्तै, कालीपुलका रोमन श्रेष्ठले सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, बौद्धका विजयसिंह उत्कृष्ट डिफेण्डर, विमल थापा उत्कृष्ट गोलरक्षक, टोप बिष्ट उत्कृष्ट स्ट्राइकर, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर बन्दै नगद ६\६ हजार रुपैयाँ प्राप्त गरेका छन्।