५ असोज काठमाडौं । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म २७ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमध्ये एउटा तहबाहेक सबै तहमा यतिबेला मतगणना जारी छ।अहिलेसम्म नेपाली कांग्रेस ९ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ४ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ३, लोकतान्त्रिक फोरम २ र राजपा ४ ठाउँमा विजयी भएका छन्।

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिराहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौला गाउँपालिका
६. करैयामाइ गाउँपालिका, बारा
७.परोहा नगरपालिका, रौतहट
८. बेल्ही चपेना गाउँपालिका, सप्तरी
९. रामनगर गाउँपालिका, सर्लाही

एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वर गाउँपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा

माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४.मोलापुर नगरपालिका, रौतहट
५ औरही गाउँपालिका, सिराहा

संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिराहा
२. भगवानपुर गाउँपालिका, सिराह
३ पर्सा गाउँपालिका, सर्लाही
राजपाले जितेका स्थानीय तह
१. हंशपुर नगरपालिका, धनुषा
२.कौडेना गाउँपालिका, सर्लाही
३.देवताल गाउपालिका, बारा
४.डाकनेश्वरी नगरपालिका, सप्तरी

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका, रौतहट
२.बिष्णु गाउँपालिका, सर्लाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here