५ असोज सिरहाको नबराजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बिश्वमोहन यादवले २३८३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै शोभा कुमारी यादवले २३७७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।

अध्यक्षका निकटतम प्रतिदन्दी संघीय समाजवादी फोरम नेपालका शिव उदगार यादवले २११४ र उपाध्यक्षकी प्रतिदन्दी एमालेकी संगिता कुमारी यादवले १९८८ मत प्राप्त गरि पराजित भएका छन् ।

यस गाउँपालिकाको वडा नं २, ४ र ५ मा काँग्रेस, १ मा एमाले र ३ मा संघीय समाजवादी फोरम वडाध्यक्षमा विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here