jL/u~hsf] dtu0fgf z'? jL/u~h dxfgu/kflnsf– ! l:yt 7fs'//fd ax'd'vL SofDk;df dxfgu/kflnsfsf] dtu0fgf z'? x'Fb} . tl:a/ M lahos'df/ dxtf], k;f{, /f;;

५ असोज सिमरा : राजनीतिक दलको प्रतिनिधिले विवाद निकालेपछि बाराको १६ स्थानीय तहमध्ये चार तहमा मतगणना रोकिएको छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कोल्हवी नगरपालिका, आदर्श गाउँपालिका, बारागढी गाउपालिका र सुवर्ण गाउँपालिकमा मतगणना रोकिएको हो । बारागढीमा आइतबार साँझदेखि रोकिएको छ भने अन्य तहमा मंगलबारदेखी गणना हुन सकेको छैन ।

कोल्हवी नगरपालिकामा मतपरिणामको विषयलाई लिएर विवाद निस्केपछि दलीय बैठक बसेर सहमतिको प्रयास खोजिदैछ । मतगणनामा खटिएका कर्मचारीले एमाले मेयर उम्मेदवार भरत भण्डारीको मत बढी सार्वजनिक गरेको भन्दै अन्य दलका प्रतिनिधिले विवाद निकालेपछि मतगणना रोएिको हो । प्रमुख निर्वाचन अधिकृत थापाले कर्मचारीले माइकिङ गर्ने बेला भुलबस बढी उल्लेख गरेपछि विवाद निस्किएको र छलफल गरेर टुंग्याउने प्रयास भइरहेको बताए ।

आदर्श कोतवाल गाउँपालिकामा पनि मतपरिणामको विषयलाई लिएर गणना रोएिको छ । बारागढी गाउँपालिकामा दुइदिन देखी गणना हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले आफ्नो उपस्थितिबिना मतपेटिका खोलिएको भन्दै गणना रोकेको निर्वाचन अधिकृत थापाले बताए । मुचुल्का उठाउने क्रममा सबै प्रतिनिधिको उपस्थितिमा खोल्नुपर्ने सहमति भएपनि माओवादी प्रतिनिधि मतगणनास्थलमा नरहेका बेला मतपेटिका खोलिएपछि विवाद उत्पन्न भएको हो । गणना सुरु गर्नका लागि छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here