४ असोज कूश्मा नगरपालिका वडा नं २ वगैचामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर वाट १५ सय भन्दा वढीले सेवा लिएका छन् । शिबिरमा वाग्लुड बलेवा , पाङ , खुर्कोट , दुर्लुङ लगायत वाट बिरामी हरुले स्वास्थ्य लाभ लिएका हुन । उक्त शिविरमा ईईजि ,भीडियो एक्सरे ,ब्लड ग्रुपिङ , हाड तथा नसारोग ,महिला रोग , निशुल्क आँखा जाच निशुल्क चस्मा बितरण,ल्याब ,निसुल्क औषधी वितरण ,छ्लारोग यूरिन टेष्ट लगयत बिभिन्न निशुल्क सेवा हरु उपलब्ध गराएको वगैचा यूवा क्लवका संन्तोष वि वरालले जानकारी दिए ।

शिबिरको औपचारिक शूरु गर्दै सहायक प्रमूख जिल्ला अधिकारी डिल्लीराम पौडेलले यसरी घरघरमा नै आएर निशूल्क स्वास्थ्य परिक्षण सेवा दिनू यस क्षेत्रका लागी खूशीको कूरा हो । हाम्रो स्वास्थ्य अमूल्य धन हो जव सम्म हामी निरोगी हून्छौ तव सम्म समाज र राष्टलाई योगदान गर्न सक्दछौं । रोग लागी सकेपछी मात्र स्वास्थ्य परिक्षण गर्ने होईनकी रोग लाग्नू पूर्व सचेत हूनका लागी पनि स्वास्थ्य परिक्षण गरिरहनू पर्दछ । यस क्षेत्रमा निशूल्क स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिदिएकोमा आहा नेपालका पदाधीकारी र वगैचा यूवा क्लवलाई धन्यवाद समेत दिएका थिए ।

उक्त कार्यक्रम आहा नेपाल का उपाध्यक्ष् नहकुल पौडेल को अध्यक्षता र संचालन संन्तोष वि वरालले गरेका थिए । शिविर संचालन हूदै गर्दा
कुश्मा नगरपालिका का मेयर रामचन्द्र जोशीको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष यदुनाथ बस्तोला, जिल्ला रेड्क्रस सोसाइटी पर्बतका सभापति रुद्र बहादुर रिमाल ,हिमालय उच्च मा.वि.का प्रर्याचार्य माधव रेग्मी,जिल्ला रेड्क्रस सोसाइटी पर्बतका सदस्य गुप्तनिधी शर्मा , एन आर्इ सि एसिया बैक का शाखा प्रबधक बिजय चापागाई ,पोखरा रिजनल हस्पिटलका बिशेषज्ञ डा दिनेश बि क लगयत दर्जनौ डाक्टर हरुको उपस्थीति रहेको थियो ।


शिबिरमा एन आर्इ सि एसिया बैकले इस्टल सहित शुन्य दरमा वैक खाता खोल्ने सूविधा प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here