३ आश्विन काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी छ ।
बाराको बारागढी र रौतहटको वृन्दाबनमा विवाद देखिएको छ भने अन्य तहमा लगातार मतगणना भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
अहिलेसम्म भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसले २२, एमालेले १२, माओवादी केन्द्रले ९, राजपाले ८ र अन्यले १६ तहमा अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगले ५ दिनभित्र सबै तहको मतपरिणाम सार्वजनिक गर्ने बताए पनि मतगणना भने ज्यादै सुस्त गणना भएको छ ।
१ सय ३५ तहमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै
काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी छ ।
बाराको बारागढी र रौतहटको वृन्दाबनमा विवाद देखिएको छ भने अन्य तहमा लगातार मतगणना भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
अहिलेसम्म भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसले २२, एमालेले १२, माओवादी केन्द्रले ९, राजपाले ८ र अन्यले १६ तहमा अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगले ५ दिनभित्र सबै तहको मतपरिणाम सार्वजनिक गर्ने बताए पनि मतगणना भने ज्यादै सुस्त गणना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here