कुश्मा, पर्वत ।पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा नेपाल तरुण दल पुर्नगठन गरिएको छ । भेलाले दिनेश लामिछानेको अध्क्षतामा १३ सदस्यीय नेपाल तरुण दल ईकाई वडा कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा इन्द्र सापकोटा, सचिवमा जिवन सापकोटा‘नविन’,कोषाध्यक्षमा रामप्रसाद गौडेल,सह–सचिवमा शिषिर भुषाल, सदस्यमा दयाराम तिवारी, सविन नेपाली, फडिन्द्र रेग्मी, आनन्द गौडेल,कल्पना गौडेल, ज्याती सापकोटा, अनिल सापकोटा, सुरज पौडेल रहनुभएको छ ।

कार्यक्रमलाई सम्वोधन गदै नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारीले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गदै नयाँ जोश र जाँगरका साथ काम गर्न सुझाव दिनुभयो । उहाँले तरुण दलको परिभाष, उद्देश्य र कर्तव्यको वारेमा जानकारी दिँदै नेपाली काँग्रेसलाई संघ र प्रदेशको चुनावमा पहिलो पार्टी बनाउन सकै तरुण युवाहरुलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस फलेवास नगरपालिका–४ मुडिकुवाका सभापति पूनाखर गौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका पूर्व सचिव अच्चुत तिवारी लगायत मुडिकुवाका तरुण युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल तरुण दल ईकाई वडा कार्य समिति मुडिकुवाका अध्यक्ष दिनेश लामिछानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here