साजन परियार- कुश्मा, पर्वत । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।

संविधान दिवसको अवसरमा पर्वतमा प्रभातफेरी तथा प्रवचन कार्याक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा आज विहान जिल्ला प्रशासन कार्यालयवाट सुरु भएको प्रभातफेरी लोकतान्त्रिक, आचार्य चोक, शिवालय मा.वि हुदै पुन लोकतान्त्रिक चोकमा आएर शहिद गोविनाथ शर्माको शालिकमा माल्यार्पण गरेको थियो ।

माल्यार्पण पश्चात जिल्ला समन्वय समितिमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो ।‘वर्तमान संविधान र त्यसको कार्यान्वयन’ विषयमा भएको प्रवचन कार्याक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेलले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउँदै नेपालको संविधान विश्वमै उत्कृष्ट भएको बताउनु भयो । संविधान मार्फत सम्पूर्ण जातजाति धर्म सँस्कृतिको रक्षा गरेको भन्दै संविधान कार्यन्वयनमा विशेष जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले संविधान सभाको सभाषदबाट निर्मित गरिएको संविधान रक्षा गर्ने जिम्मेवारी हामी सबै सामु आएको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सभापति खिमप्रसाद भुषाल, नेकपा एमाले पर्वतका सह–सचिवमा गोविन्द पहाडी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम लगायत विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले मन्तव्य राख्नुभयो थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी सँगै जिल्लाका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सामजिक विकास अधिकृत लिलाधर सुवेदीले गर्नुभएको थियो ।

यता, संविधान दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकामा विद्यालय स्तरीय वतृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । संबिधान कार्यान्वयनमा स्थानिय सरकारको भुमिका विषयमा भएको कार्यक्रममा  नगर भित्र रहेका विद्यालय उपस्थिती रहेको थियो ।

प्रतियोगीतामा धु्रब नमुना मा.वि खानीगाउँका सन्तोष पौडेल पहिलो भवानी विद्यापीठ मा.वि खानिगाँउका समिप वि.क. दोस्रो,अन्नपुर्ण मा.बि. कार्कीनेटाका सभ्यता शर्मा तेस्रो र सोही विद्यालयका सुजन पौडेल सान्त्वना हुनुभएको छ । कार्यक्रममा विजेताहरलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भवानी विद्यापीड मा.विका श्रोत व्यक्ति भरत शर्मा लम्सालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here