२ असोज

पर्वतका श्रेष्ठले एन.आर.एन.ए माहसचिवमा आज उमेद्धवारी प्रेस विज्ञप्ती मार्फत दिएका छन ।

प्रेस विज्ञप्ती

गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु ।

उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ । नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।

गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु, स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ सेप्टेम्बरसम्म हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।

अर्जुनकुमार श्रेष्ठ महासचिव पदको उम्मेदवार

हाल: सचिव गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here