संजय रेग्मी
असोज २, २०७४
पर्वत : दशैं र तिहारको लागि लक्षित गरी पोखरा लगिदैं गरिएका झण्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन । पोखराका ब्यापारी प्रविण अधिकारीले ल्याएका च्याङग्रा एउटै ट्रकभित्र जबरज्स्ती खाँदेका कारण मरेका हुन् । आँपूmले २२ लाखको लगानीमा १ सय ३० वटा भेडाच्याङग्रा ल्याएको अधिकारीले बताए । उनी भन्छन, “५ दिन ५ रात सम्म हिंडेर उपल्लो मुस्ताङ पुगेर खरीद गरेर ल्याएको हुँ तर, आधा भन्दा धेरै च्याङग्रा पर्वत आईपुग्दा मरे ।” उक्त संख्यामा च्याङग्रा मरेपछि अधिकारीको झण्डै १० लाख भन्दा बढीको लागनी डुबीसकेको छ । बाँकी रहेका अन्य च्याङग्रा पनि निकै अस्वस्थ अवस्थामा रहेका कारण थोरै मात्रै च्याङग्रा जीवित रहने छन । आँपूmले २ वटा ट्रकमा राखेर लैजाउँ भन्दा पनि आप्mनै साथीले व्यवस्थापन गरिदिएको ट्रकको ड्राईभरले एउटै ट्रकमा सजिलै च्याङ्ग्रा अट्ने बताएपछि सबै च्याङ्ग्राहरु एउटै ट्रकमा भरेको पनि अधिकारीले जानकारी दिए ।
पिडित अधिकारी भन्छन, “बाटोमा गाडी रोकेर च्याङग्रा हेरौँ भनेर धेरै पटक भन्दा पनि ड्राईभरले गाडी रोक्न मानेन, कुश्मामा पुगेपछि मेरो काम छ, त्यहीँ हेरौँला भन्दै ल्याए । यहां ल्याएर हेर्दा त धेरैजसो भेडाच्याङ्ग्रा सोत्तर परेको देखियो ।” जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक बिमल पौडेलका अनुसार चिसो ठाउँमा बसेका च्याङग्रालाई एक्कासी तल झार्दा यस्तो समस्या देखिएको हो । पौडेल भन्छन, “त्यती धेरैको संख्याका च्याङ्ग्रा यसरी एउटै ट्रकमा खाँज्न हुन्थेन । त्यसमा पनि पानी नपरेकोले पछिल्ला केही दिन यता ह्वात्तै गर्मी बढेका कारण पनि सिधै गर्मी ठाउँको वातावरण च्याङग्राले खप्न सक्दैनन् । अब पनि यस्तो हुन नदिन ट्रक भित्र हावा छिर्ने प्रबन्ध सहित अन्य धेरै कुरामा ध्यान दिनु आवश्यक छ ।”