असोज २ सप्तरी । तस्बिरमा हतियारसहित देखिएका व्यक्ति कुनै अपराधी होइनन् । राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष उम्मेद्वार सतिषकुमार सिंह हुन् । उनले लामो समयदेखि इजाजत लिएर हतियार राख्दै आएका छन् । उनले यसअघि हतियार राखेको विषयमा चर्चा नभए पनि सोमबार चुनाव हुने भएपछि उनको चर्चा चुलिएको छ । प्रदेश नम्बर २ मा असोज २ गते अर्थात् सोमबार हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिएपछि उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन् । उनको परिवारमा पुर्खादेखि नै हतियार राख्दै आएको उनका नजिकका जानकारले बताएका छन्। सतिषकुमारले २०१६ डिसेम्बर १० तारिखमा आफ्नै फेसबुकमा अप्लोड गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here