फाईल फोटो

असोज २, रुपन्देही । काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

सोमबार बिहान रुपन्देहीको देवदह–१० भलुही जंगलमा काठमाडौँबाट दाङ तुलसीपुर लागि छुटेको ना ५ ख ३१५९ नम्बरको बसलाई काठमाडौँबाटै नेपालगन्जका लागि छुटेको ना ७ ख ६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ठक्कर दिने बसका सहचालक सल्यान खलंगाका २९ वर्षका सुजन परियार अघिल्लो बसका यात्रु सुर्खेत पञ्चपुरी ५ का ३० वर्षिय भिमबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको ।

गम्भीर घाइते दाङ देउखुरीकी सुमित्रा सुनारको लुम्बिनी अञ्चाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाङमा एक पुरुष मृत अवस्थामा भेटिए, घटना रहस्यमयी

दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

आइतबार राप्ती गाउँपालिका ५ पहरुवा निवासी अन्दाजी ४० वर्षिय राजु चौधरी दोलाईखोला पुल देखि ५ सय मिटर दक्षिणतर्फ खोलाको बिच भागमा मृत अवस्थामा फेला परेको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

आइतवार बेलुका करिव साढे ४ बजेको समयमा खेतमा काम गर्न गएका स्थानीयहरुले देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले खवर पाए लगत्तै घटना स्थलको पुगेको थियो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ ।

उनको मृत्यु किन र कसरि भएको हो भन्नेबारे केहि खुल्न नसकेको र थप अनुसन्धानपछी मात्र खुल्ने प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here