२ आश्विन रौतहट , निकै संवेदनशील मानिएको प्रदेश नम्बर २ को निर्वाचन सोचेभन्दा शान्तिपूर्ण रुसमा भइरहेको छ । समाचार तयार गर्दासम्म कुनै त्यस्तो अप्रिय घटना भएको छैन । निर्धारित समयमै सुरु भएको मतदानमा यतिवेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेर उल्टो मतपत्र मत पेटिकामा खसाल्दै गरेको फोटो सोसियल मिडियामा भाइरल बनेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले पनि यसरी नै मतपत्र पट्याउदाको फोटो भाइरल बनेको थियो । स्थानीय तहको अघिल्लो निर्वाचनको परिणामले अहिलेसम्म पहिलो पार्टी बनेको एमालेका शिर्ष नेताले नै मतपत्र कसरी पट्याउने भन्ने हेक्का नराखे सर्वसाधारणले के गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here