३१ भाद्र ,मलेशिया । मलेशियामा एक नेपाली मृत्युदण्डको सजायवाट जोगिएका छन् । इलामको एकतप्पा गाविस वडा न ७ घर भएका भिम दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिएका हुन् ।

गएको वर्ष फेब्रुवरी १८ तारिखमा रातिको ११ वजेतिर उनी पक्राउ परेका थिए ।

शुक्रबार (सेप्टेम्बर १५ तारिख)का दिन मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दाेष ठहरिएको वकिलको फेसबुकमार्फत  जानकारी दिएका छन् ।

दियालीले भनेका छन्,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्काे साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।

उनले भनेका आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन आग्रह गरेका छन् ।

नेपाली दुतावासका द्धितीय सचिव प्रेमराज गौतमले दियालीको सबै डकुमेन्टहरु मगाएपछि कहिले नेपाल पठाउन सकिन्छ त्यसको लागि तयार गरिरहेको वताए ।

दियालीका गाउँले वुद्धिमान राईले  भने,’मलाई दियालीको वारेमा रेशम बरालीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे आज जेलवाट छुटेर क्याम्पमा पुगेका छन् पुलको काम गर्न पाउदा खुसि लागेको छ ।’

दियाली तीन वर्ष अगाडि रोजगारीको लागि मलेशिया आएका थिए । उनले सुगाईवुलो जेलमा करिव डेढ वर्ष विताएका थिए भने अब केही समय घर फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here