पर्वत, ३१ भदौ । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष,सचिवहरुको भेला कूश्मा वजारमा शूरु भएको छ । रोट्याक्ट क्लव अफ पर्वत र वाग्लूडको संयूक्त व्यवस्थापनमा पर्वत जिल्लामा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणलाल श्रेष्ठले पानसमा वत्तिवालेर गरे । उद्घान कार्यक्रममा वोल्दै श्रेष्ठले रोट्याकट क्लव यूवाहरुको ढूकढकी भएको वताउदै देशको यूवा शक्तिलाई सकारात्मक काममा लगाउनू राज्यको दायित्त भएको धारणा व्यक्त गरे । रोटरी, रोटेयाक्ट अन्तराष्ट्रिय क्लव भएता पनि यस्ले नेपालका विकासमा महत्वपूर्ण योगदान पु-याएको धारणा राखे ।

त्यसै गरि पर्वत जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले समाजमा रोटरी,रोट्याक्टले महत्वपूर्ण योगदान पू-याएको धारणा राख्दै पि.एस मिटको शुभकामना दिए । त्यसै गरि कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले रोट्याक्ट क्लवले समाजका दिनदूखीहरुको सेवामा कार्य गरेको,नगर सरसफाई लगायतका कार्यमा योगदानको चर्चा गर्दै, यस्को नेपाल स्तरीय कार्यक्रम पर्वतको कूश्मा नगरमा राखेर यहांको पर्यटन प्रवर्धन,विकास लगायतका कार्य सहयोग गरेकोमा धन्यवाद दिए । यूवाहरुको संगठन रोट्याकले आगामी दिनमा अझ ससक्त सामाजिक सेवामा लाग्न आग्रह गर्दै पिएस मिटको सफलताको शुभकमना व्यक्त गरे ।

त्यसै गरि रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले रोट्याक क्लव नेपालकै युवाहरुको उत्कृष्ठ संगठन हो भन्दै यस क्लवले समाजमा छरिएर रहेका यूवा शक्तिलाई एकत्रित गरि सकारात्मक काममा लगाएको उदाहरण दिदै पिएस मिटको शूभकामना दिए । उनले रोटरी क्वल अफ पर्वतले सन् २०११ मा स्पान्सोर गरेर स्थापना गरेको रोट्याक्ट क्लव अफ पर्वतले देशकै नमूना कार्यक्रम पिएस मिट पर्वतमा राख्न सफल भएकोमा धन्यावद समेत दिए ।

उक्त कार्यक्रममा वाग्लूड जिल्ला समन्वय समितिका प्रमूख,रोटरी क्लव अफ पर्वत र वाग्लूडका अध्यक्ष,रोट्याक्ट क्लव अफ वाग्लूड र पर्वतका अध्यक्ष लगायतले शूभकामना दिएका थिए । कार्यक्रमको संचालन रोट्याक्टर अन्तिम गूरुड र मिना खड्काले गरेका थिए । स्वागत रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले गरेका थिए भने कार्यक्रमको अध्यक्षता रोट्याट नेपाल भूटानका डिआरआर हरिचन्द्र सत्यालले गरेका थिए ।
एक दिन संचालन हूने उक्त कार्यक्रममा ११८ रोट्याक्ट क्वलका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको छ । १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आवद्ध रोट्याक्ट क्लव अफ नेपालको महत्वपूर्ण कार्यक्रम मानिने पिएस मिट अर्थात अध्यक्ष सचिवहरुको भेलाले देशभर नयाँ रोकार्यक्रम सञ्चालन गर्ने र विगतमा भएका कार्यक्रमहरुको समिक्षा गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा देश भरका क्लवहरुबाट ६ सय जना प्रतिनिधि सहभागी भएका छन् पर्वत र बागलुङको पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका रहने कार्यक्रम संयोजक एवं रोट्याक्ट क्लव अफ पर्वतका पुर्व अध्यक्ष विनोद आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here