३१ भाद्र बिहार, एक युगल जोडीले प्रेम गरेको निकै खतरनाक सजाय पाएका छन् । यो जोडीमध्येका प्रेमीलाई समातेर मानिसहरुले आँखामा एसिड हालिदिएका छन् । प्रेमिकाको हत्या गरेर लाश जलाइदिएका छन् ।

बिहारको अररिया जिल्लामा यस्तो घटना भएको हो । यहाँका घनश्याम सिंह र पारसमणि देवी लामो समयदेखि प्रेममा थिए । तर, यी दुई फरक फरक जातिका भएका कारण बिहे गर्नु सम्भव थिएन । दुवैको फरक फरक व्यक्तिसँग बिहे भयो । बिहेपछि पनि यी दुईको प्रेम कम भएन । बिहेपछि यी दुवै दुई–दुई बच्चाका आमाबाबु बने । तर पनि उनीहरु लुकिछिपी भेट्ने गर्थे ।

यही क्रममा मंगलबार राती पारसमणि देवी माइती आएको मौका पारेर घनश्याम सिंह उनलाई भेट्न गएका थिए । तर, यही क्रममा गाउँलेहरुले उनलाई रंगेहात समाते । त्यसपछि गाउँलेहरुले महिलालाई कुटपिट गरेरै मारे र उनको शव जलाइदिए । गाउँलेहरुले घनश्यामलाई पनि निर्दयतापूर्वक कुटे ।

कुटपिटकै क्रममा घनश्यामले पानी मागेपछि गाउँलेहरुले उनको मुख र आँखामा एसिड खन्याइदिए । गाउँलेहरुलाई अब घनश्याम मर्छन् भन्ने लागेपछि त्यत्तिकै छोडेर गए । गम्भीर हालतमा रहेका घनश्यामलाई उनका परिवारले अस्पताल लिएर गएका छन् । लगत्तै प्रहरीलाई खबर गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here